गौशाला ९ मा ज.स.पा.को अग्रता

महोत्तरीको गौशाला नगरपालिका ९ गौशालामा ज.स.पा.पार्टीको अग्रता रहेको छ । आज विहान ७.३० बजेको मतपरिमाण अनुसार ज.स.पा पार्टी (छाता) ले अग्रता राखेको छ । स्रोतका अनुसार २ सयको मतपरिमाण अनुसार ज.स.पा. पार्टीको मेयरतर्फ ८२, उपमेयरमा ८६, वडाअध्यक्षमा ८७ मत हासिल गरेको छ । त्यस्तै ने.क.पा.माओवादी पार्टितर्फ मेयरमा २७, उपमेयरमा २३ र वडाअध्यक्षमा २४ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ६, उपमेयरमा ५ र वडाअध्यक्षमा ६ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ५७, उपमेयरमा ५७ र वडाअध्यक्षमा ५७ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ६, उपमेयरमा ६ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार