धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका तर्फबाट मेयर पदका उम्मेदवार रहेका हरिप्रसाद मण्डल जित नजिक पुगेका छन् ।
राति १२ः५५ वजे प्राप्त मतगणना परिणाम अनुसार लोसपा तर्फबाट उम्मेदवार रहेका मण्डलले १ हजार ३८० मतले लिड गरिरहेको निर्वाचन अधिकृत कुलहादुर फडेराले बताए ।
मण्डल कूल ३ हजार ४५६ मत ल्याएर अग्रस्थानमा छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद मुजिबुल राईनले उनलाई २ हजार ७६ मत ल्याएर पछ्याइरहेका छन् । मण्डललाई उच्छिन्न प्रतिद्वन्द्वीलाई हम्मे हम्मे परेको छ ।
नेकपा एमालेका हेमचन्द्र यादवले १ हजार ६ सय ३१ मत ल्याएका छन् । त्यसैगरि नेकपा माओवादी केन्द्रका कमलेश मण्डल १ हजार २०८ मत ल्याएका छन् ।
फराकिलो मतान्तरका साथ मेयर पदका उम्मेदवार मण्डल १ हजार ३८० मतले अग्रस्थानमा रहेका छन् ।
उनी मटिहानी नगरपालिकाको निवर्तमान मेयर समेत हुन् । ९ मध्ये ७ वडाको मतगणना भइसकेको छ । ९ नम्बर वडाको मतगणना जारी छ । आजै राती ९ नम्बर वडाको पनि नतिजा ल्याउने गरि दु्रतगतिमा मतगणना भइरहेको छ । वडा नम्बर ९ मा मेयर पदका उम्मेदवार मण्डलको मतदाता माझ बर्चस्व रहेको छ । मेयरमा फेरि मण्डल जितको नजिक पुगेको छ ।
यसैबीच मटिहानी नगरपालिकाको वडा नम्बर ७ मा लोसपा नेपालका जित नारायण माझी ९८९ मत ल्याएर बिजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादीका राजकिशोर मण्डलले ३३७ मत लगाएका छन् । उनी २०७४ मा उनी माओवादी केन्द्रबाटै स्थानीय तहको चुनावमा मेयर पदमा प्रतिस्पर्धामा समेत पराजित भएका थिए ।
यसैगरि मटिहानी नगरपालिका वडा नं. ८ मा लोसपा नेपालका रितेश कुमार साह विजयी भएका छन । साहले ४३६ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनको निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीका अमित कुमार साह २९६ मत ल्याएको निर्वाचन अधिकृत फडेराले बताएको छ ।
मटिहानी नगपालिका वडामा भन्ने मिश्रीत परिणाम आएको छ ।
मटिहानी नगरपालिकाको वडा नं. १ मा लोसपाका शिवशंकर कुमार राय ३७८ मत ल्याई विजयी भएका हुन ।
यसैगरि वडा नं। २ मा नेपाल कम्युनिस्ट पार्टी एमालेका मोहम्मद रयुफ २८६ मत, वडा नं. ३ मा नेकपा एमालेका नाजिर मिँया ३२७ मत, वडा नं. ४ मा अब्दुल गफार राईन ३२५ मत, वडा नं. ५ मा नेकपा एमालेका मिश्री नायक ३८७ मत, वडा नं. ६ मा लोसपा नेपालका कलिम अंसारी ५१३ मत र वडा नं. ७ मा लोसपा नेपालका जितनारायण माझि ९८९ मत ल्याएर विजयी भएका छन् ।