गौशाला ९ मा ज.स.पा.र कांग्रेस अगाडी पछाडी

महोत्तरीको गौशाला नगरपालिका ९ गौशालामा ज.स.पा.पार्टी र नेपाली कांग्रेस अगाडी पछाडी रहेको छ । आज विहान ९.१५ बजेको मतपरिमाण अनुसार मेयर पदमा ज.स.पा पार्टी र नेपाली कांग्रेस अगाडी पछाडी रहेको छ । स्रोतका अनुसार ५ सयको मतपरिमाण अनुसार ज.स.पा. पार्टीको मेयरतर्फ १४८, उपमेयरमा १६३, वडाअध्यक्षमा १६१ मत हासिल गरेको छ । त्यस्तै ने.क.पा.माओवादी पार्टितर्फ मेयरमा ६५, उपमेयरमा ६४ र वडाअध्यक्षमा ६४ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा २०, उपमेयरमा १७ र वडाअध्यक्षमा २२ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा १५६, उपमेयरमा १७५ र वडाअध्यक्षमा १७८ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ५६, उपमेयरमा ३७ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ४० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार