गौशाला नगरपालिका ८ मा माओवादी पार्टीको अग्रता ।।

महोत्तरीको गौशाला नगरपालिका ८ मा माओवादी पार्टीको अग्रता कायमै रहेको छ । आज विहान १० बजे जारी मतगणनाको क्रममा सो पार्टीले अग्रता कायमै देखाएको छ ।
स्रोतका अनुसार २०५३ को मतपरिमाण अनुसार माओवादी पार्टिको मेयरतर्फ ६६०, उपमेयरमा ६६८ वडाअध्यक्षमा ७४७ मत हासिल गरेको छ । त्यस्तै ज.स.पा.तर्फ मेयरमा ५१७, उपमेयरमा ४९० र वडाअध्यक्षमा ३९९ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ११७, उपमेयरमा १२९ र वडाअध्यक्षमा ८९ मत हासिल गरेका छन् । यता नेपाली कांग्रेसतर्फ मेयरमा ५३७, उपमेयरमा ५०९ र वडाअध्यक्षमा ६६४ रहेका छन् । त्यस्तै नेकपा एमालेले मेयरमा ४०, उपमेयरमा ३४ र वडाअध्यक्षमा २९ मत हासिल गरेका निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार