0
Shares
गौशाला / गौशाला नगरपालिका वडा नं. ८ मा नेकपा माओबादी पार्टीले अग्रता देखाएको छ । विहीबार विहान ११ बजेसम्मको रेकर्ड अनुसार सो वडामा नेकपा माओबादी केन्द्रका उम्मेदवार भोजवहादुर दर्लामी ७९८ मत ल्याएर अगाडि बढेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार शम्भु श्रेष्ठले ७४६ मत ल्याएका छन् । यो समाचार तयार पर्दासम्म दर्लामी ५२ मतले अग्रता कायम राखेका छन् । यता सोही वडाका जनता समाजवादी पार्टीका उम्मेदवार अनिलकुमार महतोले ४५२ मत ल्याएका छन भने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रामसकल ठाकुरले ९२ मत ल्याएका छन् ।
सो वडामा अहिलेसम्म २१२९ मत सदर रहेका छन् भने १०५ मत वदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।