गौशालामा माओवादीले खाता खोल्यो, ८ मतले भोजवहादुर भए वडाअध्यक्ष ।।

महोत्तरी / गौशाला नगरपालिका वडा नं. ८ का वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भोजवहादुर दर्लामी विजयी भएका छन् ।
९३८ मत ल्याएका दर्लामी वडा नं. ८ को वडाअध्यक्षमा निर्वाचित भएका हुन् । दर्लामीले आफना प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार शम्भु श्रेष्ठसँग ८ मतले विजयी भएका हुन ।
वडा नं. ८ मा नेकपा माओवादीले ९३८ मत ल्याएका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार शम्भु श्रेष्ठले ९३० मत, लोकतान्त्रिक समाजवादी पार्टीका रामसकल ठाकुरले १ सय २ मत, नेकपा एमालेका ४४ मत, राप्रपाका १ मत, जनमत पार्टीका १९ मत, जनता समाजवादी पार्टीका अनिल कुमार महतोले ५४६ मत ल्याएका हुन् । ३ हजार ६ सय ८ मतदाता रहेको छ । सो वडामा २ हजार ७ सय २५ मत खसेको थियो । जसमध्ये वडाअध्यक्षतर्फ १३८ मत वदर भएका थिए भने २ हजार ५ सय ८७ मत सदर भएका थिए ।

नगरको १२ वटा वडा रहेको गौशाला नगरपालिकाको वडाअध्यक्षमा ४ वटामा जनता समाजवादी पार्टी, ३ वटामा नेपाली काँग्रेस र १ वटामा नेकपा माओबादी पार्टीले विजयी हासिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार