एक हजारभन्दा बढि मतान्तरले मण्डल भए मटिहानीको मेयरमा निर्वाचित ।।

महोत्तरी / मटिहानी नगरपालिकाको नगरप्रमुखमा हरि प्रसाद मण्डल विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकोतर्फबाट उम्मेदवारी दिएका मण्डल दोस्रो पटक मटिहानीको लागि मेयरपदमा निर्वाचित भएका हुन ।
निर्वाचन अधिकृत कुलवहादुर फेडराका अनुसार मण्डलले ४ हजार ३ मत ल्याएर विजयी हुन् । त्यस्तै उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका मोहम्मद मजिवुल रहमानले २ हजार ६७४ मत ल्याएका छन् ।

मण्डल १ हजार ३ सय २९ मतअन्तरले विजयी भएका हुन । त्यस्तै उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी मंजुदेवी ३ हजार ८ सय ६४ मत ल्याएर विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्दी जसपा नेपालका जिवछी देवी यादवले २ हजार ७ सय ५१ मत ल्याएकी हुन ।
उपमेयरमा १ हजार ११३ मतान्तरले लोसपाकी मंजु विजयी भएको निर्वाचन अधिकृत फडेराले बताएको छ ।

गौरव महसुस भइरहेको छ : मेयर मण्डल
‘सर्वप्रथम मलाई मतदान गर्नुहुने सबै मतदाता प्रति आभार व्यक्त गर्दछु । शुभचिन्तक, पार्टीका कार्यकर्ता, नेताहरुलाई धन्यवाद दिन्छु । उहाँहरुले मलाई सहयोग गरेर मेरो जित सुनिश्चित बनाइदिनुभयो’, जननिर्वाचित मेयर मण्डल भन्छन्, ‘मलाई विश्वास थियो कि मैले पहिलो कार्यकालमा नेतृत्व गर्दा विकास गरेको छु । निश्चित रुपमा जनताले दोस्रो पटक पनि मौका दिनुहुन्छ । म यसमा सफल भएँ । काम गर्दा जनताले मुल्यांकन गर्छ भन्ने विश्वास थियो । जुन आज भोट गरेर जनताले प्रत्यक्ष रुपमा देखाएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार