महोत्तरीको गौशाला नगरपालिका ९ गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज साँझ ६.४५ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १७ सयको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५३३, उपमेयरमा ५२०, वडाअध्यक्षमा ५०३ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा २४५, उपमेयरमा २४२ र वडाअध्यक्षमा २२२ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ८१, उपमेयरमा १४ र वडाअध्यक्षमा २४ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ४२१, उपमेयरमा ४१७ र वडाअध्यक्षमा ४९८ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा १३९, उपमेयरमा १६२ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा १६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।