गौशाला ९ मा ज.स.पा.अगाडी, कांग्रेस पछि पछि

महोत्तरी: गौशाला नगरपालिका ९ गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज साँझ ८ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १८ सयको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ५६७, उपमेयरमा ५५१, वडाअध्यक्षमा ५३१ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा २६०, उपमेयरमा २५७ र वडाअध्यक्षमा २३२ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ८४, उपमेयरमा १६ र वडाअध्यक्षमा ३० मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ४४०, उपमेयरमा ४४६ र वडाअध्यक्षमा ५२४ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा १४९, उपमेयरमा १७५ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा १७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार