गौशाला वडा ९ को अध्यक्षमा ज.स.पा. र काँग्रेसको टक्कर ।।

गौशाला / गौशालानगरपालिका वडा नं. ९ मा जसपा र नेपाली काँग्रेसवीच कडा टक्कर देखिएको छ । राति ९ः३० को मतपरिणामअनुसार वडा नं. ९ को उम्मेदवारमध्ये जसपाका ५८९ मत प्राप्त भएका छन् भने नेपाली काँग्रेसको उम्मेदवारको ५८४ मत हासिल भएको छ । २ हजार मत गणनाको क्रममा नेकपा माओबादीले २५९ मत हासिल गरेका छन् भने नेकपा एमालेले १९३ मत हासिल गरेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले १०४ मत, जनमत पार्टीले १०२, राप्रपाले ७, कलम छापले ४ मत हासिल गरेका छन् ।
यता मेयरतर्फ भने ६३८ मत सहित जनता समाजवादी पार्टीका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै राखेका छन् । सोही पार्टीको उपमेयरमा ६२० मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा २८८, उपमेयरमा २८१ मत प्राप्त गरेका छन । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ९०, उपमेयरमा ७४ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ४८२ र उपमेयरमा ४७० मत । एमाले पार्टी तर्फबाट मेयरमा १६१ र उपमेयरमा १९१ मत हासिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार