गौशाला ९ को वडाअध्यक्षमा जसपाका सिंह विजयी ।।

महोत्तरी/  गौशाला नगरपालिका वडा नं. ९ को अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार वद्रीप्रसाद सिंह विजयी भएका छन् । सिंहले ७७३ मत ल्याएर वडा नं. ९ को अध्यक्षमा निर्वाचित भएको हो । उनी आफना निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवारसँग १५८ मत वढि ल्याएर विजयी भएका हुन् ।
नेपाली काँग्रेसका दिपेन्द्र यादवले ६१५ मत ल्याएका थिए । त्यस्तै नेकपा माओवादीका विरवहादुर चौधरीेले ३७७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ । त्यस्तै सोही वडाका नेकपा एमालेले २०३, लोकतान्त्रिक समाजवादी पार्टी १०७, जनमतले ११० मत ल्याएका छन् भने वहुजन एकता पार्टीले ९ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो सँग गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी विजयी भएका वडाको सँख्या ५ पुगेको छ । वडा नं. १ मा नविन साह, वडा नं. २ मा श्यामसुन्दर मण्डल, वडा ५ मा ओमप्रकाश गुप्ता, वडा नं. ७ मा सुरेश मनोज चौधरी र वडा नं. ९ मा वद्री प्रसाद सिंह रहेका छन् ।
अहिले गौशाला नगरपालिकाको वडा नं. १० र ११ को मतगणना भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार