गौशाला : महोत्तरीको गौशाला नगरपालिका ११ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष रामपृत महतो कोईरी ४४५ मत प्राप्त गरि अग्रतामा रहेका छन् । स्रोतका अनुसार १००० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ४४६, उपमेयरमा ४४६, वडाअध्यक्षमा ४४५ मत हासिल गरेको छ । मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज दिउँसो ८ः३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ ।
त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा २५८,उपमेयरमा २२२ र वडाअध्यक्षमा २२३ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ४१, उपमेयरमा ४४ र वडाअध्यक्षमा १७ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा ९९, उपमेयरमा ११९ र वडाअध्यक्षमा १४४ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा ९३, उपमेयरमा ९७ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ११९ मत प्राप्त, रा.प्र.पा.पार्टीतर्फ मेयरमा २, उपमेयरमा २ र वडाअध्यक्षमा ० मत प्राप्त,जनमत पार्टीतर्फ मेयरमा १४, उपमेयरमा १२ र वडाअध्यक्षमा १० मत प्राप्त गरेको छन् ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत वढि रहेको पाईएको छ । मेयरतर्फ ४० वटा, उपमेयरमा ४८ वटा, वडाअध्यक्षमा ३९ वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।