वडाअध्यक्षमा महतो विजयी भएपछि गौशालामा लो.स.पा. ले खाता खोल्यो ।।

गौशाला / लोकतान्त्रिक समाजवादी पार्टीले महोत्तरीको गौशालामा खाता खोलिएको छ । वडा नं. १० को वडाअध्यक्षमा सोही पार्टीका उम्मेदवार विष्णु कुमार महतो (मुकेश) विजयी भएपछि गौशालामा लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलिएको हो ।
महतोले ८४६ मत ल्याएर वडा नं. १० को अध्यक्षमा निर्वाचित भएका हुन् । उनी आफ्ना निकट्म प्रतिद्धन्द्धी ने.क.पा माओवादीका उम्मेदवार मो. शेष जलीलसँग १६९ मत वढि ल्याएर विजयी भएका हुन् । जलीलले ६७७ मत ल्याएका हुन् ।
त्यस्तै अर्का वडाअध्यक्ष नेपाली काँग्रेसका उम्मेदवार रोशन भण्डारीले १२६ मत ल्याएका थिए । जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर महतोले ७६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ । त्यस्तै सोही वडाका नेकपा एमालेका सत्यनारायण मण्डलले १०८, जनमतले ३ मत ल्याएका छन् भने वहुजन एकता पार्टी रामप्रगास मोचीले १५३ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गौशाला नगरपालिकाको वडा नं. १२ को मतगणना केहीबेर मै मत गणना शुरु गरिने श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार