महोत्तरीकाे अाैरहीमा गाेली चल्याे, एक जना धाइते

गाैशाला – महोत्तरी जिल्लाकाे अाैरही नगरपालिका स्थित बैरियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन् ।

गौशाला-सम्सी सडक खण्ड अन्तर्गत औरही नगरपालिका वडा -६ को बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका वडा-१ का ३० बर्षिय रोशन कोइराला घाइते भएका हुन् ।

उनलाई दुईवटा गोली लागेको बताइएको छ । उनको बर्दिवासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार