Friday 19th of April 2024

गौशाला न.पा.११ मा अझ पनि ज.स.पा.को अग्रता कायमै ।।

0 Shares

महोत्तरीको गौशाला नगरपालिका ११ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष रामपृत महतो कोईरी ७२८ मत प्राप्त गरि अग्रतामा रहेका छन् । स्रोतका अनुसार १७६६ को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ७५१, उपमेयरमा ७४२, वडाअध्यक्षमा ७२८ मत हासिल गरेको छ । मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज दिउँसो २ः३० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ४४५,उपमेयरमा ३६७ र वडाअध्यक्षमा ३६९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ९३, उपमेयरमा ९६ र वडाअध्यक्षमा ४५ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २०१, उपमेयरमा २५० र वडाअध्यक्षमा ३३६ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा १६०, उपमेयरमा १५९ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा २०५ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया