गौशाला न.पा.११ मा अझ पनि ज.स.पा.को दबदबा कायमै ।।

महोत्तरीको गौशाला नगरपालिका ११ गौशालामा जनता समाजवादी पार्टीका वडा अध्यक्ष रामपृत महतो ७९७ मत प्राप्त गरि अग्रतामा रहेका छन् । स्रोतका अनुसार २००० को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ८३०, उपमेयरमा ८१५, वडाअध्यक्षमा ७९७ मत हासिल गरेको छ । मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले अग्रता कायमै रहेको छ । आज दिउँसो ५ः०० बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ४९६,उपमेयरमा ४१४ र वडाअध्यक्षमा ४१४ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ११२, उपमेयरमा ११४ र वडाअध्यक्षमा ६२ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २३४, उपमेयरमा २९२ र वडाअध्यक्षमा ३९६ मत प्राप्त गरेका छन् । एमाले पार्टी तर्फबाट मेयरमा १६६, उपमेयरमा १६५ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा २०८ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार