महोत्तरीबाट एकैसाथ वेपता भएकी ७ जना युवतीहरुलाई गएराति नेपाल ल्याए ।।

महोत्तरी- महोत्तरीबाट एकैसाथ वेपता भएकी ७ जना युवतीहरुलाई गएराति नेपाल ल्याएका छन । नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई प्रक्रिया पुर्याएर नेपाल ल्याएका हुन ।

भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले दिएको जानकारी अनुसार वुधबार भारतको सितामढीमा फेला परेकी ती युवतीहरुलाई प्रक्रिया पुर्याएर नेपाल ल्याएको हो । भारतीय प्रहरीले जिम्मा लगाएपछि उनीहरुलाई हाल प्रहरीको नियन्त्रणमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाईएको मेयर साहले जानकारी दिनुभयो ।

यधपी दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा सहयोग गर्न भंगहाका मेयर साहको रोहबरमा उनीहरुलाई तत्काल प्रहरीमा नै राख्न परिवारजन सहमत भएको हो । आज थप सोधपुछ र अनुसन्धान पश्चात उनीहरुघर फर्किने भएका छन ।

मंगलवार घरबाट घाँस काटन निस्किएकी भँगाहा नगरपालिका ८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान मंगलबार दिउँसो घाँस लिन गएको बेलादेखि बेपत्ता भएकी थिइन् ।

सीतामढी प्रहरीले उद्धार गरेपछि बालिका÷युवतीहरुले आफुहरु गायिका बन्न हिडेको बयान दिएका थिए । यसले उनीहरुलाई बाहिर लग्नमा कसैको संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ ।

उनीहरुको खोजतलासमा नगरप्रमरुख संजिव साहसहित जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा लागेका थिए । नगरप्रमुख साहले घटनामा चेलीबेटी बेचबिखन गर्ने ठूलो गिरोहको सक्रियता रहेको शंका रहेकाले आफ्नो तवरबाट पनि घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको लागि कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिए ।

मंगलबार अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार