
मुख्यतः हाम्रो समाज हरुवा चरुवा (चलनचल्तीमा हरुवा चरुवा) प्रणालीमा अभ्यस्त भइसकेको छ । यदि उनीहरू यस प्रकारको प्रणालीसँग अभ्यस्त भएनन् भने उनीहरूले खानका लागि अन्न पाउँदैनन् । धनी मानिसका लागि दास बन्नु गर्वको कुरा होइन । धनी मानिसका लागि को दास बन्न चाहन्छ र रु कोही पनि धनीका लागि होइन, सबै जना आफ्नो काम गर्न चाहन्छन् । उनीहरू सधैंभरि धनी मानिसका लागि सेवा गर्न चाहँदैनन् । यो उनीहरूको रुचिको कुरा होइन ।
उनीहरू पनि धेरै समयसम्म यो प्रणालीमा आवद्ध हुन चाहँदैनन् । त्यसैले उनीहरू यो प्रणालीबाट भागेर कतार वा खाडीका अन्य मुलुकमा जान चाहन्छन् । खाडी जाने उनीहरूको इच्छा र रुचिको कुरा होइन । उनीहरूले खाडी जाने विषयलाई विकल्पको रूपमा रोज्न बाध्य छन् ।
यसको अर्थ हामी एक प्रकारको दास जस्तै बनेका छौं । किनभने धनीले हामीलाई १० रुपैयाँ दिन्छन्, तर हामीले एक हजार रुपैयाँ बराबरको काम गरिदिन्छौं ।
यस प्रकारको दासता खाडीमा पनि पहिलेदेखि नै कायम छ । अर्थात् मैले लामोे समयसम्म खाडीमा काम गरें । त्यहाँ मैले एक हजार रुपैयाँ बराबरको काम गरें तर १० रुपैयाँ जस्तो पाउँथें । त्यसैले त्यहाँ पनि हामी दास जस्तै बन्यौं । खाडीमा पनि दास जसरी काममा लगाउने मानसिकता छ । हाम्रो समुदायमा त हरुवा चरुवा प्रणाली विरुद्ध बोल्ने थोरै व्यक्ति भए पनि छन् ।
उनीहरू यस प्रकारको प्रणाली विरुद्ध बोल्न चाहँदैनन् । किनभने उनीहरूले आफू दास जसरी काम गरेको महसुस गर्दैनन् । जब उनीहरू दास जसरी काम गर्छन्, तब उनीहरूले पीडा मात्र थाहा पाउँछन् । उनीहरू धनी वर्गको फन्दामा परेकाले त्यस विरुद्ध सहज रूपमा बोल्न सक्दैनन् । यो नेपालको एक प्रमुख समस्या हो । तर, यहाँका सांसद र राजनीतिज्ञहरू हाम्रो आवाज सुन्न चाहँदैनन् । उनीहरूले हाम्रो माग सम्बोधन गर्न चाहँदैनन् ।
मलाई मेरो बावु जस्तो जीवनभर धनीको सेवा गर्ने कुनै रुचि छैन । मेरो बुवा निरक्षर हुनुहुन्थ्यो । त्यसैले उहाँसँग आम्दानी गर्ने अर्को कुनै विकल्प थिएन । त्यसैले हरुवा चरुवा बाहेकको विकल्प थिएन । त्यसैले म पनि हरुवा चरुवा भएँ । केही समयपछि मलाई उनीहरूका लागि काम गर्ने भन्दा पनि खाडी जाने रुचि जाग्यो । अहिले म ३७ वर्षको भएँ ।
मसँग २० वर्षको उमेरदेखि हरुवा चरुवा भएर काम गरेको अनुभव छ । यो काम पाँच वर्षसम्म गरें । म हरुवा चरुवा भएर दैनिक ८ देखि ९ घण्टा काम गर्थें । त्यस क्रममा मैले इँटा, सिमेन्ट सम्बन्धी निर्माणको काम गर्नुपथ्र्यो । घर खर्च धान्न रकम चाहिन्थ्यो । धनीहरूबाट पैसा लिएर चर्को ब्याजमा ऋण तिर्नुपथ्र्यो । ऋण तिर्नका लागि निर्माण मजदुरको रूपमा काम गर्नुपर्यो । धनी व्यक्तिको घर निर्माणको काम पनि गर्नु पर्यो ।
त्यसैले ऋण तिर्न मैले चर्को परिश्रम गर्नुपर्यो । काम गरेर कमाएको पैसाले स्वास्थ्य, शिक्षा लगायतको खर्च धान्नुपथ्र्यो । ब्याज तिर्न र दैनिक खर्च धान्न मैले दोहोरो काम गर्नुपर्छ । केही धनी व्यक्तिका लागि खेतीपातीको काम नभए पनि उनीहरूले चर्को ब्याजमा ऋण उपलब्ध गराउँछन् । यदि मैले घर बनाउनु पर्यो भने त्यसको लागि रकम जुटाउन ऋण लिने र त्यसको ब्याज तिर्न उनीहरूकहाँ गएर काम गर्नुपर्छ । हाम्रो गाउँमा ३० देखि ३५ प्रतिशत मानिसहरू हरुवा चरुवाको रूपमा कार्यरत छन् । अहिले पहिले भन्दा अलि कम हुँदै गएको छ । पहिले भन्दा अहिलेका पुस्ता साक्षर भएकाले पनि यो कम हुँदै गएको हो ।
म पनि यो प्रणाली र व्यवस्थाको विरुद्धमा लाग्न अभियानकर्ता भएको हुँ । यो प्रणाली तराईको एक मुख्य समस्या हो । समयसँगै यहाँका केही समूहले जग्गा कब्जा गरे । र यहाँका धेरैजसो मानिस अशिक्षित, बेरोजगार र भूमिहीन भएकाले उनीहरू धनीका लागि खेतीपातीमा काम गर्छन् ।
उनीहरूले खाडी, मलेशिया वा युरोपका देश जान चाहेमा पनि चर्को ब्याजमा ऋण लिन धनीकहाँ नै जानुपर्छ । खाडीमा काम गर्न गएका तिनै व्यक्ति फेरि धनीले दिएको ऋणको फन्दामा पर्छन् । ऋण नतिरेसम्म उनीहरू त्यहाँबाट फर्किन सक्ने अवस्थामा हुँदैनन् ।
खाडीमा काम गरिरहेका बेला घरमा परिवारका सदस्यको मृत्यु भयो भने पनि संस्कार्न फर्केर आउन सक्ने अवस्था हुँदैन । मृत्युपछिको संस्कार गर्न करिब पाँच लाख खर्च लाग्छ । समुदायमा धेरै सांस्कृतिक मूल्यमान्यता भएकाले हामीले ती सबैको पालना गर्नुपर्छ । त्यस क्रममा लाग्ने खर्चका लागि कहिलेकाहीं हामीले साहुबाट ऋण लिनुपर्छ । त्यसैले अब यो हरुवा चरुवा प्रणाली बदल्नुपर्छ । ःअनलाईनखबर