गौशाला नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख डा. महतोद्वारा पदभार ग्रहण

महोत्तरीको गौशाला नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख डा. दिपेन्द्र महतोले शपथ ग्रहण गरे लगतै गौशाला नगरपालिको कार्यालयमा प्रवेश पश्चात सम्पूर्ण कर्मचारीहरुले डा. महतोलाई फुलमाला तथा दोसल्ला ओढाई सम्मान गरेका छन् ।
सम्मान पश्चात नगरप्रमुखको पदभार ग्रहण भब्य स्वागत र सम्मानको साथ सम्पन्न गरेको छ । पदभार ग्रहण पश्चात कर्मचारी, स्वास्थ्य, अन्य विषयमा गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र जंग थापासँग जानकारी लिएका थिए । डा. महतोले अबदेखी जनताको हकहितका लागी सदैव अगाडी र तत्पर रहने ,जनताले जुनसुकै समयमा पनि भेटन सक्ने वातावरण निर्माण गर्ने बताए । महतोले यहाँको स्वास्थ्य र शिक्षा निकै नै कमजोर अवस्थामा रहेकोले आफु त्यस तर्फ चाडै नै सुधार ल्याउने बताए ।
यता मंगलबार विहान ८ बजे सम्पूर्ण निर्वाचित उपमेयर,वडाअध्यक्ष र वडा सदस्यहरुको शपथ ग्रहण तथा पदभारको कार्यक्रम रहेको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र जंग थापाले बताए ।

कार्यक्रममा गौशाला नगर प्रहरीहरुले समेत नवनिर्वाचित नगर प्रमुख डा. महतोलाई तामझामका साथ स्वागत गरेका थिए ।

पदभार कार्यक्रममा बुद्धिजिवी, भरभलादमी, पार्टिका कार्यकर्ता, पत्रकार, शिक्षक, आफन्तहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार