
महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका नवनिर्वाचित नगरप्रमुखद्वारा उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ गराएका छन् । कार्यक्रममा नगरप्रमुखले निर्वाचित जनप्रतिनिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गरे । उनले निर्वाचनमा मत विभाजन भए पनि निर्वाचित जनप्रतिनिधि विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताए ।
महतोले प्रतिनिधिहरु अनेकौ पार्टिबाट निर्वाचित भई आएको भए पनि अब पार्टिगत नभई सबैजना एक ढिक्का भई कामकाज गर्न अगाडी बढन जानकारी गराए । महतोले जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र सरकारका जनप्रतिनिधि हिड्नु पर्ने बताए ।
पाँच वर्ष कार्यकाललाई उत्कृष्ट बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुपर्ने साथै शपथ लिएका अध्यक्षहरूले आ–आफ्नो वडामा गएर आजै पदभार ग्रहण गरी आ–आफ्नो कामकाजमा लाग्न निर्देशन समेत दिए ।
स्थानीय तह निर्वाचन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हालेका हुन् ।
प्रतिक्रिया