नवनिर्वाचित जनप्रतिनिधी सम्मान एवम् पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।।

रामबाबु यादव 

गौशाला / महंगी बढाएर सरकारले जनतासित निर्वाचनमा भएको रकम असुली गर्दै आएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका ५ घैलाबजारमा आयोजित नवनिर्वाचित जनप्रतिनिधी सम्मान एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका छन् । राज्यको ढृकुटि चुनावमा खर्चिएको भन्दै अध्यक्ष यादवले भन्नुभयो, ‘पछिल्लो समयमा आएर देशमा निर्वाचन महगिदै गएको छ । निर्वाचनको क्रममा उम्मेदवारहरु पैसाको खोलो बगाएको छ । देशमा पैसाको अभाव भएको समयमा सरकारले महगि बढाएको छ ।

जनताको करबाट सो रकम मर्ज गर्नका लागि सरकारले रणनिती अपनाउदै आएको  अध्यक्ष यादवले बताए ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादवले नवनिर्वाचित जनप्रतिनिधीलाई जन्ताको विश्वासका साथ विकासको गतिविधी बढाउनका लागि निर्वाचित जन प्रतिनिधिलाई अध्यक्ष यादवले आग्रह गरेका हुन । देशमा बढदै गएको लुटतन्त्र र भ्रष्टचारलाई गतिविधीलाई अख्तियारले रोक्नका लागि असफल भईसकेकोले अब जनलोकपाल गठन गर्नुको आवश्यक रहेको बताए ।

आफनो पार्टीले समृद्धि नेपाल निर्माणका लागि जनपक्षीय विकासमैत्री सुशासन स्थापना गर्नका लागि सरकारसँग माग गर्दै आएको यादवले बताएका छन् ।किशानहरुले भोगदै आएका खाद्य मल,बिउ बिजन र सिंचाईका समस्या समाधानगर्न नव निर्वाचित नगर प्रमुख डा.दिपेन्द्र महतोलाई जसपा नेपाल पार्टीका गौशाला नगर अध्यक्ष कुमर कान्त झाले आग्रह गरेका हुन् ।

सोहीवीच नेपाली काँग्रेसका नेता रामश्रृष्ठ महतो लगायत विभिन्न पार्टीका दुई सय नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । नवप्रवेशीलाई अध्यक्ष यादवले दोसल्ला र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन । कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादव, मधेश प्रदेशका पूर्वमन्त्री सरोजसिंह कुशवाहा,केन्द्रीय सदस्य लक्ष्मी महतो ,रामकुमारी देवी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार