नगर विकासको निम्ति सर्वपक्षीय सहयोग आवश्यक ः मेयर महतो

गौशाला /. नगर विकासको निम्ति सर्वपक्षीय सहयोग लिई अगाडि बढने गौशाला नगरपालिकाका नगरप्रमुख डा दिपेन्द्र महतोले बताएका छन् । वुधबार गौशाला नगरपत्रकार संजालले आयोजना गरेको सम्मान कार्यक्रमकाबीच नगरप्रमुख महतोले सो कुरा बताएका हुन् ।

पछिल्लो गतिविधीलाई मनन गर्दै नगरभरिमा चौतर्फी रुपमा विकास निर्माणको कार्यसम्पादन अगाडि बढाईने महतोले धारणा राखेका हुन् । पार्टीगतभन्दा माथि उठेर भेदभाव रहित जनपक्षीय कार्यसम्पादन गर्ने महतोले प्रतिवद्धता जाहेर गरेका हुन् ।

सोहीवीच पूर्वमेयर शिवनाथ महतोले पुरानो गतिविधीलाई ध्यानमा राखेर नगरभरिका शिक्षा, स्वास्थ्य लगायतका आधारभुत तत्वहरुको सम्बन्धमा कार्यनिती बनाएर गौशालालाई समृद्ध बनाउनका लागि नवनिर्वाचित जनप्रतिनिधीलाई आग्रह गरेका हुन् ।

त्यस्तै प्रेस स्वतन्त्रता सेनानी रविन्द्र उप्रेतीले पत्रकारहरु अनेकौ समस्याबाट जुधिरहेकोले त्यसलाई चिर्नका लागि नगरपालिकाले समन्वयन भुमिका निर्वाह गरि पेशागत भुमिकालाई थप सुदृढ हुने किसिमको वातावरणको निर्माण गर्नका लागि आग्रह गरेका छन् । स्थानिय संचारकर्मी एवम् संचारमाध्यम केन्द्रित वजेट तर्जुमा निर्धारण गनर्का लागि नगरका प्रतिनिधीसँग आग्रह गरेका हुन । यता, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका उपाध्यक्ष सुनिता महतोले पत्रकारहरु असुरक्षित रहदै आएको समयमा हरतवरले पत्रकारलाई रक्षार्थ हुने वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवाला निकायसमक्ष आग्रह गरेका हुन । विगतमा पत्रकारमाथि हुँदै विभिन्न गतिविधीलाई ध्यानमा राख्दै संचारमैत्री नगरको निर्माण गर्नका लागि जनप्रतिनिधीसमक्ष आग्रह गरेका हुन ।

नगर पत्रकार संजालले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान व्यक्त गर्नुको साथै शुभकामना दिएका थिए । गौशाला नगरपालिकाको कार्यालयले नगर पत्रकार संजाललाई कार्यालय संचालनका लागि भवनको व्यवस्थापन गरेका हुन् ।

वडा नंं ११ र १२ का वडाअध्यक्षहरुले गरे पदभार ग्रहण

, गौशाला नगरपालिका वडा नंं ११ र १२ का वडाअध्यक्षहरुले पदभार ग्रहण गरेका छन् । आज एक समारोहकाबीच वडा नं. ११ का वडाअध्यक्ष रामपृत महतो विरेन्द्र वजारमे र १२ नं. वडाका वडाअध्यक्ष कुशेश्वर महतोले कान्तिवजारमा रहेको वडा कार्यालयमा गई पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै वडा नं. ११ का वडाध्यक्ष रामपृत महतोले आफु जनताको काम गर्नका लागि कुनै किसिमको कसर वाँकी नराख्ने तर्क राखेका हुन । पहिले शिक्षा अनि त्यसपछि स्वास्थ्यमा कुनै सम्झौता नगरिकन अगाडि बढने बताएका हुन । वडाका सचिव लगायतका कर्मचारीहरुले नवनिर्वाचित प्रतिनिधीहरुलाई स्वागत गरेका थिए ।

औरहीलाई प्रदेशभरिकै  उत्कृष्ट बनाईने नगरप्रमुख खडका

महोत्तरीको औरहीलाई प्रदेशभरिकै पालिकामध्ये उत्कृष्ट बनाईने नगरप्रमुख प्रदीप खडकाले बताएका छन् । जनप्रतिनिधीलाई सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख खडकाले आफुले कार्यकाल अवधिमा भाषणभन्दा बढि काज गरेर देखाउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार