तोकिएको भन्दा बढि रकम लिए कारवाही : नगर प्रमुख डा.महतो

गौशाला / महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशाला बजारमा तोकिएको भन्दा बढि बट्टी (रकम) नलिन गौशाला नगरपालिकाले ठेकेदारलाई सचेत गराएको छ ।

गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले बजारमा आउने किसान, उपभोक्ता र व्यवसायीसँग ठेकेदारले तोकिएको भन्दा बढि बट्टि (रकम) नलिन उनले ठक्केदारलाई सचेत गराएको हो । नगरपालिकाले तोकेको दर भन्दा ठेक्केदारले बढी रकम लिने गरेको गुनासो आएको छ ।

नगर प्रमुख डा.महतोले बिहीबार नगर प्रहरी परिचालन गर्ने र तोकिएको भन्दा बढि रकम लिएको पाइए कारवाही गरिने बताए । नगर प्रमुख डा.महतोले बजारमा नगर प्रहरी खटिने र तोकिएको रकम भन्दा ठेकेदारले बढी रकम लिए तत्कालै रकम फिर्ता गराउने समेत बताए ।

गौशालाबजार सप्ताहको २ दिन (सोमवार र बिहीवार) लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार