Saturday 5th of October 2024

काठमाडाैं महानगरमा बालेनकाे विजयी उत्सव

0 Shares

संघीय राजधानी रहेको काठमाडौं महानगरको मेयरमा पहिलोपटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख दलका उम्मेदवारलाई फराकिलो अन्तरले हराउँदै बालेन्द्र साह काठमाडौं महानगरको मेयर बनेका हुन् । लौरो निर्वाचन चिह्न पाएका उनले ६१ हजार ७६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत मात्रै पाइन् ।

एमालेका केशव स्थापित ३८ हजार ११७ मतसहित तेस्रो भए । त्यस्तै, स्वतन्त्रका सुमन सायमीले १३ हजार ७७०, राप्रपाका मदनदास श्रेष्ठले पाँच हजार ७७० र विवकेशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६४७ मत प्राप्त गरिन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८६ मत प्राप्त गरे । स्वतन्त्रकी विद्या श्रेष्ठले १३ हजार ६१५, राप्रपाकी विनिता मगैयाले १२ हजार १४१, स्वतन्त्रकी बेन्जीसिंह महर्जनले ६ हजार ५५५, विवेकशील साझाकी कृति कंसाकारले २ हजार ५९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बालेल निर्वाचित भएसँगै काठमाडौं महानगरमा अहिले विजयी उत्सव मनाइएको छ ।  काठमाडौं महानगरका मुख्य भागमा बालेनका समर्थकले जुलुस निकालेर र्‍याली गरिरहेका छन् ।

सभागृहबाट सुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुने हुँदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ ।   नयाँ पत्रिका

प्रतिक्रिया