टेक्सासको उभाल्डेमा मंगलबार भएको सामूहिक गोलीकाण्डमा मारिएका एक शिक्षिकाका श्रीमानको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।
जो गार्सिया इर्मा गार्सियाका पति थिए । इर्माले उक्त रोब इलिमेन्टरी स्कूलमा विगत २३ वर्षदेखि अध्यापन गराइरहेकी थिइन् ।
एक किशोर बन्दुकधारीले गोली चलाउँदा १९ बालबालिका सहित २१ जनाको ज्यान गएको उक्त घटनामा दुई शिक्षकसमेत मारिएका थिए, जसमध्ये एक गार्सिया पनि थिइन् ।
२४ वर्षदेखि विवाह बन्धनमा बाँधिएका यी दम्पतीका चार सन्तान छन् ।
बिहीबार रातिसम्म, गार्सिया परिवारको लागि अनलाइन कोष संकलनमा १.६ मिलियन डलर जम्मा भइसकेको थियो । सुरुमा १० हजार डलर रकम संकलन गर्ने उद्देश्य राखिएको थियो ।
गोफन्ड मी पेजमा बताइए अनुसार ग्रासियाकी कजन डेब्रा अस्टिनले लेखेकी छिन्, ‘म साँच्चै विश्वास गर्छु कि जोको निधन हृदय टुटेका कारण भएको हो ।’
ट्विटरमा गार्सियाका भतिजा जोन मार्टिनेजले भने, ‘गार्सिया आफ्नी श्रीमतीको हत्या भएपछि अत्यन्त दुःखित थिए । यसै दुःखका कारण उनको निधन भयो । ’रातोपाटी
प्रतिक्रिया