काठमाडौंको उपमेयरमा निर्वाचित सुनिता डंगोलको धन्यवाद र्‍याली

सुनिता डंगोल काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएको खुसीयालीमा उनका समर्थकहरुले धन्यवाद र्‍याली सुरु गरेका छन्। र्‍याली राष्ट्रिय सभागृहबाट सुरु भएको हो। राष्ट्रियसभा गृहबाट सुरु भएको र्‍याली काठमाडौं महानगरको कार्यालयसम्म पुग्ने जनाएको छ।

स्थानीय तह निर्वाचनमा भारी मतका साथ ड‌ंगोल महानगरको उपमेयरमा विजयी भएकी छन्। डंगोलले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पछि पार्दै उपमेयरमा विजयी भएकी हुन्।

डंगोलले ६८ हजार ६ सय १२ मत ल्याउँदा श्रेष्ठले २३ हजार ८ सय ६ मत मात्रै प्राप्त गरे।

काठमाडौंको मेयरमा सत्तागठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन्। उनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरे।

गठबन्धनबाट चुनाब लडेकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार