वर्दिवास / जनताप्रति उत्तरदायित्व वोध हुने किसिमले कार्यसम्पादन गरि वर्दिवासलाई मुलुककै नमुना पालिकाको रुपमा स्थापित गर्नका लागि नवनिर्वाचित जनप्रतिनिधीलाई मधेश प्रदेशसभाकी सदस्य शारदादेवी थापाले बताईन् ।
शुक्रवार रोटरी क्लव वर्दिवासले नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान कार्यक्रमकाबीच प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रदेससभा सदस्य थापाले जनताको हरसमस्या सम्बोधन हुने किसिमले भेदभावरहित समाज निर्माणका लागि आग्रह गरेका हुन । हरनागरिकको समस्या समाधान गरि जनगुनासोको मौका नदिने किसिमले कार्यसम्पादन गर्नुपर्नेमा थापाले जोड दिईन् ।
यहाँका प्राकृतिक सम्पदा, वनजंगल र पानीको मुहानलाई संरक्षण गर्नका नगरको भुमिका थप सशक्त बनाउनुपर्नेमा सामुदायिक विकास तथा पैरवीमन्च वर्दिवासका अध्यक्ष नागदेव यादवले आग्रह गरेका छन् । ग्रीन सिटी र क्लिन सिटी बनाउनका लागि यहाँ रहेको सरकारी तथा गैरसरकारीसंस्थाको सहयोग लिएर कार्यसम्पादन गर्नुपर्नेमा यादवले धारणा राखेका हुन ।
होटेल व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हीरा गौतमले जनमत पाएकोले अब पार्टीभन्दा माथि उठेर विकास निर्माणको पथमा अग्रसर हुनका लागि जनप्रतिनिधीलाई अनुरोध गरेका छन् । नगरको हरेक स्थानमा समान ढंगले विकास र वजेट व्यवस्थापन गरे वर्दिवास प्रदेशकै नम्ुना पालिका बन्नका लागि दुईमत नहुनेमा गौतमले तर्क राखेका छन् ।
जनमतको कदर गर्दै पालिकाले भेदभावरहित तवरले समग्र विकास निर्माण गरिने नगरउपप्रमुख तारादेवी महतोले बताईन् । जनताको समस्या समाधानको निम्ति हरपल तयार रहेकोले अब कोहीपनि विभेदमा नपर्ने उपप्रमुख महतोले प्रतिवद्ध जनाएकी हुन् ।
आफनो पहिलो उद्देश्य स्वास्थ्य र शिक्षा रहेको नगरप्रमुख प्रल्हाद क्षेत्रीले बताएका छन् । यहाँका स्वास्थ्य र शिक्षामा आमुल्य परिवर्तन आफनै कार्यकालमा गरिने नगरप्रमुख क्षेत्रीले उदघोष गरेका हुन । सवैको सहयोग र सल्लाह लिई हातेमालो गर्दै नगर विकासको लागि तत्पर रहने नगरप्रमुख क्षेत्रीले प्रतिवद्धता जनाएका हुन् ।
रोटरी क्लव वर्दिवासले नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा सम्मान गरेका हुन् ।