पत्रकार महासंघको प्रदेश २ का चुनाव ः २१ पदका लागि ५३ जना प्रतिस्पर्धामा

गौशाला – यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको प्रदेश २ का लगि चुनावमा ५३ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार २१ पदका लागि ५३ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यस्तै, अध्यक्ष पदका लागि प्रेस मंच नेपालबाट राजेश कुमार कर्ण, प्रेस युनियनबाट नवल यादव, र मधेसी पत्रकार समाजबाट जितेन्द्र सिंह तिनजना रहेका छन् ।

उपाध्यक्षमा (३) तीन जना, समावेसी उपाध्यक्षमा (४) चार जना, महासचिवमा (३) जना, खुल्ला सचिवमा (३) जना, समावेसी सचिवमा (३) तीन जना, कोषाध्यक्षमा (४) चार जना र सदस्यमा (३०) तीस जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतिक्रिया