Tuesday 14th of January 2025

समग्र विकासको लागि मिडियाको भुमिका आवश्यक : नगरप्रमुख महतो ।।

0 Shares

महोत्तरी / गौशाला नगरपालिकाको समग्र विकासका लागि मिडियाको भुमिका आवश्यक रहेको नगरप्रमुख डा. दिपेन्द्र महतोले बताएका छन् । शनिवार रुपान्तरण मिडिया प्रा लि गौशालाले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख महतोले सो धारणा राखेका हुन् ।

विकासको क्रममा यहाँको संचारको विकास समयअनुसार भईरहेकोले गौशालाको विकासको लागि मिडियाको भुमिका अहम रहने महतोले बताएका छन् । नगरप्रमुख महतोले भने, ‘समग्र विकासको साथै यहाँको मिडियाको पनि विकास हुनेछ । मैले मिडियासँग सल्लाह र सहयोग अनुसार नै नगरविकासको निम्ति कदम उठाउनेछु ।’ एक अर्को प्रसंगमा नगरप्रमुख महतोले नगरपालिका कार्यपालिकाको निर्णयअनुसार नै अगामी रणनिती तय हुनेछ । नगरविकासको निम्ति आफुले कदापी एकल निर्णय नलिने उदघोष गरेका हुन् ।

कार्यक्रमकाबीच नगरउपप्रमुख रेणु महतोले समग्र विकास गरेर गौशालालाई विकासको पथमा अगाडि बढाईने बताईन् । उपप्रमुख महतोले अब नगरवासीको मतको कदर हुने किसिमको कामकाज रहनेमा विश्वास दिलाएकी हुन ।

वडा नं. ६ का वडाअध्यक्ष रामस्वार्थ यादवले भेदभावरहित तवरले आफुहरु कामकाज गर्नका लागि तयार रहेको धारणा राखेका हुन । कार्यक्रमकाबीच रेडियो गौशालाका संचालक दिनेश महतोले गौशालाको पत्रकारिता विकासको सन्दर्भमा चर्चा परिचर्चा गरेका थिए । यहाँको पत्रकारिता विकासको निम्ति नगरपालिकाको सहयोगको आवश्यकता उपर जोड दिएका हुन् । नवनिर्वाचित जनप्रतिनिधीलाई रुपान्तरण मिडिया प्रा लि गौशालाले स्वागतसँगै सम्मान र बधाई दिएका थिए ।

संस्थाका अध्यक्ष नागेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रेडियोका कर्मचारी, स्थानिय पत्रकार, राजनितीकदलका कार्यकर्ताको सहभागी रहेको थियो । कार्यक्रमको उदघोषण मोहम्मद अझरुद्धिनले गरेका थिए ।

 

प्रतिक्रिया