काठमाडौं – संघीय सरकारको गृह मन्त्रालय अब अर्को भवनमा सर्ने भएको छ ।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो ।
१२ वैशाख २०७२ को भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन स्थानीय विकास (हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)को भवनमा सरेको थियो ।
सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका काम-कारबाही हुँदै आएको थियो ।
गृह मन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निरीक्षण गरेका छन् ।
डेढ महिना अघि सिंहदरबारको पूर्वी मोहडाको पुनःनिमाणर् सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारको पुर्वी भवनमा सरेको छ ।
अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा भने गृहमन्त्रालय सर्न लागेको हो ।
हाल गृहमन्त्रालय रहेको भवनमध्ये केही भवनको पुनःनिर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ ।