Saturday 5th of October 2024

स्थानीय तहमा १४४०२ महिला निर्वाचित, मधेश प्रदेशमा सबैभन्दा बढी (सूची) 

0 Shares

काठमाडौं / वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका ५५ हजार ६९९ मध्ये १४ हजार ४०२ महिला जनप्रतिनिधि निर्वाचित भएका छन्।

स्थानीय तहमा १४४०२ महिला निर्वाचित, मधेश प्रदेशमा सबैभन्दा बढी (सूची) 

२०७४ को स्थानीय निर्वाचनबाट १४ हजार ३५२ महिला जनप्रतिनिधि निर्वाचित भएका थिए। सात प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी दुई हजार ७७० महिला जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार, मधेश प्रदेशमा १५ हजार ७८० महिला उम्मेदवार थिए।

प्रदेश अनुसार निर्वाचित महिला जनप्रतिनिधि

प्रदेश १          २४५५

मधेश            ७७०

बागमती          २३४७

गण्डकी           १६२२

लुम्बिनी           २१२४

कर्णाली            १५२४

सूदुरपश्चिम १५६०

 

तीन पालिकामा प्रमुख र उपप्रमुख महिला

दुई वटा गाउँपालिका र एउटा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला निर्वाचित भएका छन्। झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलमती राजवंशी र उपाध्यक्षमा पूजना न्यौपाने कुँवर निर्वाचित भएका छन्। राजवंशी कांग्रेस र न्यौपाने एमालेबाट निर्वाचित भएका हुन्। यस्तै, दैलेखको भैरवी गाउँपालिका अध्यक्षमा रिता शाही र उपाध्यक्षमा देवी भण्डारी निर्वाचित भएका हुन्। शाही र भण्डारी दुवैले कांग्रेसबाट उम्मेदवारी दिएका थिए। कैलालीको लम्की चुहा नगरपालिकाको मेयरमा कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका छन्।

 source : himalkhabar.com

प्रतिक्रिया