भारतमा एकैदिन ८१ हजार बढी संक्रमित

एजेन्सी – भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संख्या यो वर्षको सबैभन्दा धेरै हो । हिजो ७१ हजार १८१ जनामा सक्रमण पुष्टि भएको थियो ।

केही दिनयता भारतमा कोरोना संक्रमणको दर निरन्तर बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २३ लाख नाघेको छ । कोरोनाका कारण १ लाख ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार नाघेकोछ ।

संक्रमण दर उच्च देखिएका केही प्रदेशमा नियन्त्रणका लागि सरकारले चालेको कदम पनि प्रभावकारी नदेखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार