कर्मचारी तथा व्यवस्थापन पक्षको लापर्वाहीको कारण निगौल गाई गौशालाका गाईहरु मृत्युको मुखमा ।

गौशाला ः उचित व्यवस्थापन, स्याहार सुहार एवम् पौष्टिकतत्वको अभावमा महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको निगौल गाई गौशालाका गाईहरु क्रमिक रुपमा कमजोर हुदै गएको अवस्थामा छ। गौशाला नगरपालिका ३ नवराजपुरमा व्यवस्थित रुपमा गाईपालनको लागि अत्याधुनिक गाईफार्ममा महिनौदिनदेखि हरियो घाँसपात एवम् आवश्यक औषधी अनि पौष्टिकतत्व समयमा नपाएर गाईहरु कमजोर हुदै आएको छ । विगतमा पनि गाईहरु खान नपाएर २५ वटा भन्दा बढी गाईहरु मरेका थिए । हाल दुई तिन दिन अगाडी पनि एक गाई खान नपाएर मृत्युको सिकार भएको छ । हाल अहिले लगभग ३०० गाईहरु पालिएका छन् त्यसमध्ये सबैको अवस्था कमजोर हुदै गएको छ ।


राष्ट्रिय सहकारी विकास बोर्डले कुनै किसिमको ध्यान नदिंदा गाईहरुको अवस्था भन्ने कमजोर बन्दै गएको कार्यालय प्रमुख डा. दिपेन्द्र पंडितको भनाई छ । तर यता स्थानीय भन्छन निगौल गाई गौशालाको आम्दानी गराउने १५० विघा खेत भएता पनि केही खेतमा मात्र घाँस लगाएको छ भन्ने अरु सबै खेतहरु बाली नलगाई खाली भएकोे कारणले पनि आर्थिक पक्ष सवल नभएको र कार्यालय प्रमुख, कार्यरत कर्मचारीको आनाकानी र लापर्वाहीका कारण गाईहरुको यो दुरदशा रहेको स्थानीयहरुको बुझाई छ ।


कार्यालयमा आवश्यकमात्रामा जनशक्ति, दक्ष प्राविधीक एवम् अत्याधुनिक भौतिक संरचना रहेतापनि सो संस्थामा पालिएको गाईहरुको अवस्था दुव्लाएको र कमजोर अवस्थामा फेला परेका छन् । खानपानको नाममा दैनिकी सुख्खा परालको भुसामात्र खुवाएर पालिकाका गाईहरु एकपछि एकको मृत्यु भईरहेको छ ।
राष्टिय सहकारी वोर्डको अधिनमा रहि संचालनमा रहेको सो संस्थाको मातहतमा रहेको १५० विग्हा जग्गालाई उपयोग गर्न नसक्दा गाईहरु हरियो घासपातको अभावमा प्राण त्याग्न वाध्य भएका छन् । कार्यालयमा हाल २१ जना कर्मचारीहरु कार्यरत रहेका छन् । तर उनीहरु पदीय दायित्व विर्सिएका छन् । कर्तव्यवोध हुने किसिमले कार्यसम्पादन गरेको भए आज गाईहरुको यो दुरदशा नहुने स्थानियहरुको बुझाई रहेको छ ।
गोठमा यस्ता पनि गाईहरु छन् जो दश वर्षदेखी आजसम्म आमा बन्न पाएको छैन । त्यो के कति कारणले आमा बन्न पाएको छैन भन्दा डा.पण्डित भन्नुहुन्छ बाहिरबाट विज्ञहरुको टोली मगाउनु पर्छ अनिमात्र सुधार कहि आउन सक्छ । यो कुरा नौलो होइन कार्यालय प्रमुख अब गर्ने , गर्ने प्रोसेसमा छु चाडै नै गर्नेछु बाहेक यर्थात कुराबाट पन्छीने कुरा मात्र गरेको पाईन्छ । जहिले पनि अनुगमन टोली आएपनि सबैलाई यही कुराहरु सुनाई आलटाल गरेको त्यस्ता धेरै पटक भएको छ तर बाहिरबाट विज्ञ बोलाउनु सट्टा आफ्नै भवन भित्र भोज तथा पिकनिकमा रमाउन व्यस्त रहेको स्थानीहरु बताउँछन । आफु राजभोगको जीवन बाच्ने गरेको छ भने गाईहरुलाई कसरी बचाउन प्रति ध्यान नदिएको कारण आज गाईहरुको यो दुरदशा भएको स्थानीयहरुको भनाई छ ।


त्यहाँ १८ वटा दुधालु रहेकोमा एक पटकमा गरि १२ लिटर मात्र दुध संकलन हुँदै आएको कार्यालय स्रोतले जनाएको छ । कार्यालयप्रमुख डा। दिपेन्द्र पण्डित आर्थिक स्रोतकै अभावमा गाईहरुलाई उचितमात्रामा पौष्टिक तत्व खुवाउन सकिएको छैनन् । संस्थामा रकमको अभाव भएको छ । उधारेमा वजारबाट सामग्री ल्याउने अवस्था छैन, किनकि यस अघि नै वजारबाट अनेकौपटक उधारोमा समान ल्याउँदा लगभग २२ लाख रकम तिर्न वाँकी छन् । संस्थालाई तिर्न वाँकी रहेको २२ लाख रकम चुक्ताको लागि अनेकौपटक तकेदा गरिसकेको छु । गाईलाई खानको लागि ल्याएको व्रान्ड, औषधी लगायतको शिर्षकमा २२ लाखभन्दा बढि रकम तिर्नका लागि वारम्बार ताकेदा हुँदै आएको छ ।
यता गौशाला नगरपालिका माथि निगौल गाई गौशाला महोत्तरीको स्वामित्वमा रहेको कि।नं। ८२,८३ र ८४ को ज।वि। २–१९–११ जग्गामा गौशाला नगरपालिका कार्यालयले ०७२–०७३ मा नै गोरु तथा खसी बजार संचालन गर्न ठेक्कामा लगाउने कार्य गर्दै आएको जग्गामा बजार लगाए वापत कबोल ठेक्काको २५ प्रतिशत निगौल गाई गौशालालाई दिने सम्झौता भए पनि विगतका नगरप्रमुखले पैसा दिन आनाकानी गरेको कार्यालय प्रमुख डा। दिपेन्द्र पण्डित बताउँछन ।


मृत्यु भएका गाईहरुलाई गाईको गोठ र मानववस्तीबाट ५० मी। को दुरीमा गाड्ने गरेको हुँदा मानव बस्तीको साथ साथै पालिका गाईहरुलाई पनि अर्को रोग सर्न सक्ने खतरा बढदो छ । निगौल गाई गौशालाको कार्यालय भन्दा ५०० मी. पर नदीको उकास जमीन र आफ्नै स्वामित्वमा रहेको १५० विघा खेत भए पनि मानव बस्तिमा मृत्यु गाईहरुलाई गाडिएको दृश्य हेर्न सकिन्छ । गाई गौशालाको गाउँवस्ति भन्दा टाढा आफ्नै स्वामित्वमा रहेको जमीन भएता पनि मानव वस्ती तथा गाई गोठको छेउछाउमा मृत्यु भएका गाईहरुलाई गाड्दा अर्को महामारी जस्ता रोग सर्न धेरै समय नलाग्ने भन्न सकिन्न ।
राष्ट्रिय सहकारी विकास बोर्डले कुनै किसिमको ध्यान नदिए पछि गौशाला नगरपालिकाका नवनिर्वाचित उपमेयर रेणु महतो, वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश गुप्ता, युवा नेता दिपेन्द्र महतो, रेडियो रुपान्तरण संचारकर्मी तथा स्थानीयहरुको एक टोलीले सोमबार अनुगमन गरेको छ । निगौल गाई गौशालाका कार्यालय प्रमुखले आर्थिक पक्ष सवल नभएको कारण यो अवस्था आएको गुनासो गरेका थिए । उपमेयर महतोले गाईहरुको दुरदशा हेरी अबको पहिलो कार्यापालिकाको वैठकमा यस विषयमा छलफल गरी कुनै किसिमको निकास निकालि जरजर अवस्थामा रहेको गाईहरुको रेखदेखमा सुधार ल्याउने वातावरण सिर्जना गर्ने बताए ।


हिन्दू वैदिक सनातन धर्ममा गाईको महत्व धेरै छ । हिन्दूहरुले गर्ने कर्मकाण्डमा पनि गाईको गोबर, मूत्र र दूधलाई पवित्र वस्तुका रुपमा प्रयोग गर्छन् तर पनि गाईको लागी उचित व्यवस्थापन, स्याहार सुहार एवम् पौष्टिकतत्वको अभावमा महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको निगौल गाई गौशालाका गाईहरु क्रमिक रुपमा ज्यान गुमाउँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार