प्रदेश २ मा नाट्टा गठन, अध्यक्ष व्यवसायी लामिछाने नियुक्त

काठमाडौं – प्रदेश नम्बर २ मा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को गठन भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश २ का संयोजकसमेत रहेका व्यवसायी मोहन शर्मा लामिछानेको अध्यक्षतामा नाट्टा गठन भएको हो ।

बिहिबार प्रदेश २ को बर्दिबासमा एक कार्यक्रमकाबीच ९ सदस्यीय प्रदेश नाट्टा कार्यसमिति गठन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बिनोद चौधरी, उपाध्यक्षमा मो.हैदर अली, महासचिवमा सुदर्शन काफ्ले, सचिवमा शिवम साह, कोषाध्यक्षमा संजय गाडिया चयन भएका छन् । यस्तै सदस्यहरुमा सिदार्थ लामा, दिनेश कुमार सिंह र संजय अग्रवाल निर्विरोध चयन भएका छन् ।

बर्दिबास नगरपालिका प्रमुख बिदुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यसमिति गठनमा नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईं एवं केन्द्र का पदाधिकारी, नाट्टा प्रदेश १ का अध्यक्ष, गण्डकी प्रदेशका अध्यक्ष एवं पदाधिकारी लगायत नेपाल होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश २ का अध्यक्ष हिरा गौतम, चुरे संरक्षणका संयोजक युवराज लामा ,नाथम प्रदेश २ प्रमुख शिवेन्द मल्लिकको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार