महोत्तरीको मनरासिस्वामा अव हप्तामा १ दिनमात्र विदा ।।

धनवीर महतो

महोत्तरी ।

महोत्तरीको मनरासिस्वा नगरपालिकाले साविक अनुसार नै सार्वजानिक विदा दिने भएको छ । संघीय सरकारले दिएको दुई दिने विदाको निणर्यलाई मनरा सिस्वा नगरपालिकाले नमान्ने भएका छन् ।

सरकारले शनिवार र आईतबार दुई दिन सार्वजानिक विदा दिएको समयमा नगरभरिका सामुदायिक संस्थामा अब शनिवार मात्र विदा दिईने प्रमुख प्रशासकीय अधिकृत रंजितकुमार यादवले जानकारी दिए । जेठ १६ गते बसेको नगरकार्यपालिकाको पहिलो वैठकले सो निणर्य गरिएको यादवले बताए ।

नगरपालिकाले जारी गरेको सुचनाअनुसार प्रत्येक शनिवार सार्वजनिक बिदा हुने, आइतवारदेखि बिहीवारसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म रहने उल्लेख गरिएको छ । शुक्रवारको दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने उल्लेख गरिएको छ ।

संघीय सरकारले देशभरिका सार्वजानिक संस्थामा हप्तामा २ दिने सार्वजनिक बिदाको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार