
सप्तरी– सप्तरीमा डेढ महिनाकी एक जना बालिकाको पानी भरिएको बाल्टिनमा डुबेर ज्यान गएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिका–३ मध्ुुवन बस्ने देबिन यादवकी डेढ महिनाकी छोरी अस्मिता यादवको आफ्नै आँगनमा पानी भरिएको बाल्टिनमा डुबेर आज (शुक्रबार) ११ः ३० बजेको समयमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कडरबोनाका अनुसार बालिकाकी आमाले लुगा धुनको लागि बाल्टिनमा पानि भरेर राखेका थिए । सोही क्रममा खेल्दाखेल्दै बालिका बाल्टिनसम्म पुगेकी थिइन् । बाल्टिनमा भरिएको पानीमा टाउको डुबेपछि घट्नास्थलमै ज्यान गएको प्रहरी निरीक्षक बिरेन्द्र पासवानले जानकारी दिए ।
घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पासवानले जनाएको छ ।
प्रतिक्रिया