Saturday 5th of October 2024

सर्लाहीमा हेल्प मधेशी संस्थाद्वारा तैपसुन खातुनलाई आर्थिक सहयोग

0 Shares

मंजित सिंह मधेशी

गौशाला – सर्लाहीमा हेल्प मधेशी मलेशिया संस्था द्वारा अपाङ्ग तैपसुन खातुन लाई आर्थिक सहयोग प्रदान गरिएको छ। हरिपुर्वा नगरपालिका वडा न २ का १७ वर्षकी तैपसुन खातुन केही  महिना अगाडि छतबाट लडेर खस्दा मेरुदण्ड भाँचिएको थियो । घरको आर्थिक अवस्था अति नै कमजोर भएकोले उपचार गराउन कठिनाई भएको थियोे ।

आर्थिक रुपले कमजोर भएको जानकारी पाउँदा हेल्प मधेशी मलेशिया संस्थाद्वारा  आर्थिक  सहयोग स्वरुप १५ हजार रुपैयाँ सहयोग गरिएको हो ।

सेवा र सहयोग नै मानव धर्म हो मुलमन्त्र मान्दै , सामाजिक उदेश्यहरु प्रति काम गर्दै , आईरहेको र  देशमा पीडित र समस्या ग्रसित परिवारहरुलाई साथ सहयोग गरदै आईरहेको हेल्प मधेशी संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो जानकारी दिएको छ।

प्रतिक्रिया