जलेश्वर : महोत्तरी जिल्ला सहकारी संघद्वारा ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक सम्पन्न

महोत्तरी। मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक मनाएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार जिल्ला सहकारी संघ लि.महोत्तरीका अध्यक्ष लक्ष्मण यादवका अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश प्रसाद सिंह रहेको थियो ।

त्यसैगरी विशिष्ठ अतिथिमा प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार एवं राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादवले भने ,जुन देशमा सहकारी छ । त्यहाँ गरिबीको अन्त छ। जहा सहकारी छैन त्यहाँ भुकमरी ,गरिबी रहेको उनले बताए । विशिष्ठ अतिथिहरुमा बजरंग नेपाली,जसपा युवा नेता दरेश यादव नेका , नरेश यादव जसपा,तेजनारायण यादव जसपा,दिलिप चौधरी जिल्ला बचत तथा ऋण सहकारी महोत्तरी , सुरेश राय नेपाल पर्यटन केन्द्रिय सहकारी संघ सचीव , छेदी चौधरी उद्योग वाणिज्य सय महोत्तरी सहितका व्यक्तिहरु रहेको थिए ।

जिल्ला भरीका सहकारीका संचालक लगायत विभिन्न क्षेत्रमा योगदान पुरियाएका करिब २ दर्जनभन्दा बढी व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए ।

सो कार्यक्रममा उदघोषक जिल्ला सहकारी संघ लि. महोत्तरीका सदस्य राम नारायण साहले गरेको थियो ।

प्रतिक्रिया