0
Shares
आगलागीपछि भएको ठूलो विस्फोटनमा परी बंगलादेशमा मर्नेको संख्या ३४ पुगेको छ।
चटगाउँ सहरनजिकै स्टोरेज डिपोट (भण्डारगृह) मा आगलागीपछि विस्फोट भएको बताइएको छ।
एजेन्सीहरुका अनुसार आगलागी नियन्त्रणको प्रयास जारी छ।सयौँ मानिसहरुको यसको नियन्त्रणमा जुटेको बीबीसीले जनाएको छ।
सिताकुण्डस्थित क्षेत्रमा राखिएका रसायन भण्डारयुक्त कन्टेनरहरु विस्फोट भएको बताइएको छ।
उक्त क्षेत्रका अस्पतालहरु अहिले घाइतेहरुले भरिएका छन् भने अस्पतालले रक्तदानको लागि अपिल गरेको छ।
धेरै घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। सोही कारण मर्नेको संख्या अझै बढ्ने अनुमान छ।
विस्फोटनको ठूलो आवाज आएको र धेरै किलोमिटर परसम्म आवाज सुनिएको बताइएको छ। बंगलादेशी सेनाले रसायन समुद्रमा चुहिनबाट रोक्ने प्रयास गरिरहेको छ।