Saturday 5th of October 2024

गौशाला नगरपालिकाको ढल्केबाट शिशुमको ४० क्वीफिट काठ बरामद ।।

0 Shares

गौशाला ः महोत्तरीको गौशाला नगरपालिका–८ ढल्केबाट अबैध शिशुमको ४० क्वीफिट काठ बरामद गरिएको छ ।

सागरनाथ परियोजना तथा रामनगर सशस्त्र वेश क्याम्पको संयुक्त टोलीले सुराकीको आधारमा गौशाला नगरपालिका वडा नं. ८ ढल्केमा सागरनाथ परियोनाबाट तस्करहरुले कटान गरी खेतबारीमा लुकाई छिपाई राखेको अवस्था सो काठ बरामद गरिएको सशस्त्र वेशक्याम्प रामनगरको कार्यालयले जनाएको हो ।

हालसम्म सो काठ कस्को भनी सोध्दा गाउँलेहरुले आफुहरुलाई यस विषयमा कुनै जानकारी नरहेको प्रतिक्रिया पाएपछि सो काठलाई सागरनाथ परियोजनालाई जिम्मा लगाईएको बेशक्याम्पको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया