0
Shares
बिबेक कुमार महतो, गौशाला । महोत्तरीको बर्दिबास स्थित गाैरिडाँडाकाे एक किराना पसलमा आगलागी भएको छ । ग्यासको सिलिन्डरबाट आगो लिक भएर आगलागी भएको हो ।
बर्दिबास नगरपालिका ३ बस्ने उमेश कार्किले संचालन गरेको कार्कि जनरल स्टोल तथा फ्रेस हाउसमा शुत्रबार साँझ ग्यास लिक हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
स्थानियको पहलमा केहि समयमै आगो नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको स्थानिय अनिता खनालले बताईन् ।
किराना पसलमा लागेको आगोबाट पसलमा राखिएको किराना तथा कस्मेटिक सामान, फ्रिज लगायतका सामाग्रि जल्दा ५ लाख माथीको क्षति भएको पसलका संचालक कार्किले बताए ।
पसलको एक कुनामा खाना पकाउन राखिएको ग्यासमा तरकारी बसालेर अन्य काममा लागेका बेला पसलमा आगो सल्किएको कार्किले बताए ।