0
Shares
सप्तरी: सप्तरीमा सोमबार बेलुकी भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङा ३ का ६८ वर्षीय रामनारायण चौधरी रहेका सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख ६३९९ नम्बरको ट्रकले पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने चौधरी नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य हुन । उनी स्थानीय तह चुनावमा सुरुङा नगरपालिकाको मेयर पदमा उम्मेदवार थिए ।