0
Shares
सप्तरीमा दुई भारतीयसहित तीन जना लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का १९ वर्षीय दिपेश कुमार यादव, भारतको बिहार राज्य मधुवनी जिल्लाको उत्तरी ग्राम पञ्चायत–५ का २६ बर्षीय प्रकाश यादव, बिहारकै लौकही ग्राम पञ्चायत–२ बीने तुलसी कुमार दास रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट नाइट्राभेट ट्याब्लेट ५ सय १० थान, डाइजेल्याब इन्जेक्शन एक सय एम्पुल, फेनारगन इन्जेक्शन १ सय एम्पुल, बुप्रेफाइन इन्जेक्शन सय एम्पुल बरामद भएको सप्तरी प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ बीआर ३२ एएल ४३५८ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवती मन्दिर नजिकैबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।