0
Shares
गौशाला- सप्तरीमा ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका एक नेताको मृत्यु भएको छ ।
ठक्करबाट एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको मृत्यू भएको हो ।
सोमबार राति सप्तरीको खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स.१० प ४६११ नम्बरको स्कुटरलाई ना.६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चौधरी सुरुंगा नगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट चुनाव लडेका थिए ।
घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर अबेर रातिसम्म सडक अवरुद्ध गरेका थिए ।
ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।