काठमाडौँ — काठमाडौं उपत्यकामा फोहोरको व्यवस्थापन बेलैमा नगरे पानी र खाद्यजन्य रोगको महामारी फैलिने चेतावनी विज्ञहरूले दिएका छन् । मनसुन सुरु भएकाले वर्षात्ले फोहोरबाट फैलिने रोगको जोखिम थप बढाएको उनीहरूले जनाएका छन् ।
टेकुस्थित काठमाडौं महानगरको फोहोर ल्याएर विसर्जनस्थल लैजाने स्टेसनमा थुप्रिएको फोहोर । तस्बिर स् दिपेन्द्र रोक्कारकान्तिपुर
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। जीडी ठाकुरले फोहोरको तत्काल व्यवस्थापन नगर्ने हो भने टाइफाइड, हेपाटाइटिस ‘ए’ र हेपाटाइटिस ‘ई’, झाडापखाला, हैजाको महामारी फैलिन सक्ने बताए । ‘अहिले जताततै थुप्रिएको फोहोरले कुनै पनि बेला राजधानीमा महामारी फैलाउन सक्छ,’ उनले भने ।
विज्ञहरूका अनुसार फोहोर लामो समयसम्म थुप्रिँदा संक्रमण र रोगको विकास हुन्छ । फोहोरको तत्काल उचित व्यवस्थापन नगरे झाडापखाला, हैजा, पेट र आन्द्रा ९ग्यास्ट्रो इन्सेस्टाइनल० सम्बन्धी रोग, खाद्य विषाक्तता, पेट दुखाइ, छालासम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी एलर्जीलगायतका समस्या देखिन सक्छ ।