Wednesday 15th of January 2025

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

0 Shares

मुग्लिन – पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध - Everest Dainik - News from Nepal

पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ ।

 

नारायणगढ-मुग्लिन सडक १६ घण्टादेखि अवरुद्ध

 

 

पहिराकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना-४ स्थित नाग्दिखोलामा बुधबार राति  पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया