Saturday 5th of October 2024

विशेषज्ञ डाक्टरको सुझाव– आयुर्वेदिक उपचारबाट यसरी हटाउनुहोस् पुरुष निःसन्तानता

0 Shares

विवाहको लामो समयसम्म सन्तान नहुँदा धेरै दम्पत्ति सामाजले हेर्ने ‘नजर’बाट पीडित बनेका हुन्छन् । कतिपय आफ्नै योजनाले सन्तान प्राप्तीको कार्यमा केही ढिलाइ गर्छन् भने केहीको विभिन्न खाले समस्या पनि हुन्छन् । सन्तानहीन हुनुमा महिलासँगै पुरुषको पनि कमजोरीहरु हुन्छन्, जो हाम्रो स्वास्थ्यसँग सम्बन्धित हुन्छन् ।

जब कुनै पुरुषले आफ्नी श्रीमती (महिला साथी)सँग १ वर्षसम्म सन्तान प्राप्तीका लागि नै शारीरिक सम्पर्क स्थापित गर्छन्, तर सन्तान प्राप्ती हुँदैन अर्थात महिलालाई गर्भवती बनाउन सक्दैनन् भने त्यसको कारण पुरुष निःसन्तानता (Male Infertility)लाई मान्न सकिन्छ ।

गाउँ होस् या शहर, धेरै पुरुष अहिले नि:सन्तानताको समस्याबाट पीडित छन् । पुरुषमा हुने नि:सन्तानताको समस्याले महिलाहरु पनि पीडित भइरहेका हुन्छन्, किनकि हाम्रो समाजमा छोरा या छोरी नपाउँदा महिलालाई नै बढी जिम्मेवार ठहर्‍याइन्छ ।

विभिन्न अध्ययनका अनुसार पछिल्ला ३० वर्षहरुमा पुरुष नि:सन्तानता दर बढ्दै गएको छ । यसको मुख्य कारण पुरुषमा शुक्राणुहरु (स्पर्म) को कमी हुनु या शुक्राणु नबन्ने समस्या नै हो ।

आज यो आलेखमा भारतको आशा आयुर्वेद की इन्फर्टिलिटी स्पेशलिस्ट डा चञ्चल शर्मा पुरुष निःसन्तानता (मेल इन्फर्टिलिटी) को कारण र त्यसको उपचारबारे बताउँदै छिन् ।

पुरुष निःसन्तानताको कारण

डा चञ्चलका अनुसार पुरुषोमा इन्फर्टिलिटीको कारण वर्तमान जीवनशैली, नशालु पदार्थको सेवन, असामान्य तापमान, दूषित पर्यावरण एवं खानपान आदि हो । आयुर्वेदका अनुसार जब पुरुषका शुक्राणुको गुणवत्ता खराब हुन्छ या शुक्राणुको संख्या कम हुन्छ, तब वीर्यमा स्पर्म काउन्ट कम (निल शुक्राणु) हुन्छ । जसका कारण गर्भ धारणामा समस्या उत्पन्न हुन्छ ।

यी करणले हुन सक्छ पुरुष निःसन्तानता

ओलिगोस्पर्मिया (Oligospermia)
ट्रेटोजोस्पर्मिया (Tretozospremia)
एजूस्पर्मिया(Azoospremia)
अस्थानोजोस्पर्मिया (Asthenospremia)
नपुङ्सकता (Erectile Dysfunction)
शीघ्रपतन (Premature Ejaculation)
वैरीकोसेल (Varicocele) इत्यादि

माथी उल्लेखित विषयलाई पुरुष निःसन्तानताको मुख्य कारण मान्न सकिन्छ । तर, उल्लेखित विषय मात्रै पुरुष निःसन्तानताका कारण मान्न सकिने अवस्था भने सबै व्यक्तिको हकमा नहुन पनि सक्छ ।

पुरुष निःसन्तानताको आयुर्वेदिक उपचार (Treatment of Male Infertility in Ayurveda)

आयुर्वेदले सीधै रोगको जरा (रुट)मा आक्रमण गर्छ । आयुर्वेद चिकित्साको मुख्य उद्देश्य हुन्छ कि रोग उत्पन गराउने विकारलाई जरैदेखि सिध्याउने । कुनै पनि रोगको आयुर्वेदिक उपचार शुरु गर्नुभन्दा पहिले उचित पोषक एवम् स्वस्थ डाइटमा पनि जोड दिइन्छ ।

आयुर्वेदमा यस्ता जडिबुटी पनि हुन्छन्, जसको सेवनबाट शारीरिक मजबुदी मात्र हैन यौन स्वास्थ्यलाई पनि सुधार गर्न सकिन्छ । पुरुष प्रजनन क्षमतालाई बढाएर बाँझोपन जस्ता समस्याबाट सधैंका लागि छुट्करा पाउन सकिन्छ ।

आयुर्वेदिक चिकित्सामा पुरुष प्रजनन क्षमतालाई बढाउनका लागि केही आयुर्वेदिक औषधि तथा बुटीको मद्दत लिइन्छ, जसबाट पुरुष प्रजनन हार्मोनलाई बढाउन सकियोस् ।

पञ्चकर्मबाट पुरुष निःसंतानताको उपचार (Panchakarma Therapy for Male Infertility)

पञ्चकर्म चिकित्सा एक प्राचीन तथा प्रभावी चिकित्सा पद्धति हो । पञ्चकर्मा चिकित्साको असर तत्कालै देखिन सक्छ । पञ्चकर्मद्वारा कुनै पनि बीमारी या रोगलाई छिटो भन्दा छिटो ठीक गरिन्छ । पञ्चकर्म चिकित्साअन्तर्गत वमन कर्म, विरेचन कर्म, नास्य कर्म, बस्ती कर्म ( उत्तरबस्ती उपकर्म चिकित्सा) एवं रक्त मोक्षण कर्म पर्छन् ।

पञ्चकर्म चिकित्सामा रोगीको शरीरको प्रकृति अनुसार त्रिदोष अर्थात् कफ दोष, पित्त दोष तथा वात दोषलाई नियन्त्रित गरिन्छ । पञ्चकर्म चिकित्सा पुरुष बाँझोपनालाई हटाउन सबैभन्दा प्रभावी एवं असरदार चिकित्सा हो । पञ्चकर्म चिकित्साद्वारा पुरुषको शरीरको शुद्धिकरण गरेर उसलाई सन्तान उत्पत्तिका लागि योग्य बनाइन्छ ।

पञ्चकर्म चिकित्साद्वारा पुरुषको वीर्यमा शुक्राणुको संख्यामा वृद्धि हुन्छ जो सन्तान प्राप्तिका लागि सहायक हुन्छ । पञ्चकर्म चिकित्साद्वारा ओलिगोस्पर्मिया (Oligospermia),ट्रेटोजोस्पर्मिया (Tretozospremia), एजूस्पर्मिया(Azoospremia), अस्थानोजोस्पर्मिया (Asthenospremia), नपुङ्सकता (Erectile Dysfunction),शीघ्रपतन (Premature Ejaculation),वैरीकोसेल (Varicocele) आदि समस्यालाई समाधान गरी प्रजनन हार्मोनहरु बढाइन्छ ।

सुश्रुत संहिताका अनुसार पञ्चकर्म चिकित्सा गरेपछि पुरुषको शुक्राणुमा राम्रो गुणवत्ता हुन्छ । पञ्चकर्मबाट स्वस्थ शुक्राणु निर्माण हुन्छ । पञ्चकर्मबाट यौन इच्छा वृद्धि हुन्छ हुनुका साथै यौन स्वास्थ्य पनि स्वस्थ हुन्छ । पञ्चकर्मले इन्जाइम र ग्‍लाइकोजनको स्तरमा पनि सुधार ल्याउँछ ।

पुरुष बाँझोपना हटाउनका लागि आयुर्दिक औषधि (Ayurvedic Medicine for Treatment of Male Infertility)

– शीलाजीत
– शिसान्द्रा जडी
– अश्वगंधा
– श्वेत मुसली
– गोक्षुर
– कपिकच्छू
– शतावरी
– वंगभस्म एवं माषादिवटी

यी आयुर्वेदिक औषधि कसरी र कति मात्रामा प्रयोग गर्ने भन्ने जानकारी आयुर्वेदिक चिकित्सकबाट मात्रै लिँदा राम्रो हुन्छ । यी औषधि प्रयोग गर्नु अगाडि तपाईंले आफ्नो स्वास्थ्यबारे जाँच पनि गर्नुपर्ने हुन सक्छ । तपाईंको शारीरिक अवस्था र जाँचको रिपोर्टका अनुसार नै आयुर्वेदिक चिकित्सकले औषधि सिफारिस गर्ने हो ।

प्रतिक्रिया