गाउँको सरसफाईमा जुटे सुन्दरपुरका युवाहरु

महोत्तरी- सोनामा गाउँपालिका ७ सुन्दरपुरका युवाहरु गाउँ टोल र धर्मस्थल सरसफाई अभियानमा जुटेका छन ।

आफ्नो गाउँटोललाई सफा र सुन्दर बनाउने उदेश्यका साथ महोत्तरी जिलाको पश्चिम क्षेत्रमा रहेको सोनम गाउँपालिका ७ सुन्दरपुरका युवाहरुले गाउँ नजिक रहेका धर्मस्थल मङलनाथ महादेव मन्दिर,मठ ,बिधालय,गाउँ,समुदायकको सरसपलाई अभियान सुरु गरेका छन् ।

गाउँमा जताततै फोहोर फाल्ने क्रम बढेपछि गाउँमा भएका फोहोरहरु संकलन गरि सरसफाई अभियान सुरु गरेको र निरन्तर र साप्ताहिक सरसफलाई गरि रहने अभियानका संयोजक मधुसुधन यादवले बताउनु भयो ।

आज यस अभियानको पहिलो दिन भयेको यो अभियानमा युवा,बिधार्थी र किसान लगाएत उलेख्य रुपमा युवाहरुको सहभगिता रहेको अभियानका सचिव रामनाथ यादवले बताउनु भएका छन ।

प्रतिक्रिया