0
Shares
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना बिमा बन्द गरिने बताएका छन् । बहुप्रतिक्षित मेलम्चीको खानेपानी वितरण समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कोरोनाको संकटबीच पनि देशले विकासको फड्को मारेको दाबी गरे । ओलीले कोरोनाविरुद्धको लडाइँमा सरकारले जीवन पहिले भनेर अघि बढेको बताए । तर उनले हतार हतारमा कोरोना बिमा गरिनु बेठीक भएको पनि उल्लेख गरे ।
उनले भने,‘कोरोना बिमा गरिरहनुपर्ने थिएन, तै पनि हडबडीमा गरियो, हामीले सबै नागरिकको परीक्षण निःशुल्क गर्छौँ, उपचार पनि निःशुल्क गर्छौँ भने अब कोरोना बिमाको आवश्यकता छैन । अब कोरोना बिमा गरिँदैन, यो जरूरी पनि छैन् ।’