0
Shares
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका ४ स्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव ५२ लाख १० हजार रुपैयाँ बराबरको विभिन्न सामानसहित काभ्रे जिल्लाको भुम्लु गाउँपालिका १ बस्ने यम बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।ना ३ ख ४७८७ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको अवस्थामा नेपाल सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको उल्लेखित मूल्य बराबरको गुट्खा तथा ईलेक्ट्रोनिक्स सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो।त्यसक्रममा सशस्त्रले ट्रकसमेत बरामद गरेको छ। बरामद ट्रकको अन्दाजी मूल्य २० लाख रुपैयाँ रहेको छ।